काठमाडौंको काँडाघारीस्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टले स्थिति सहज पार्नका लागि प्रयास जारी रहेकाले नआत्तिन आग्रह गरेको छ।
बेलायतबाट फर्केर अपार्टमेन्टमा बसिरहेका आमा र छोरामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि त्यहाँ त्रास बढेको छ।
प्रहरीले उक्त अपार्टमेन्टलाई सिल गरेको छ भने कसैलाई बाहिर आउन अनुमति दिइएको छैन।
अपार्टमेन्टका अध्यक्ष तिलक बस्नेतले स्थिति सहजीकरणका लागि संयुक्त प्रयास जारी रहेकोले संयमित रहन आग्रह गरेका छन्।
आज बुधबार बिहान ९ बजेदेखि अपार्टमेन्टको ए टावरबाट र्यापिड टेष्ट हुने जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै उनले वर्तमान परिस्थितिलाई सहज बनाउन सबै सरोकारवाला निकायसँग निरन्तर समन्वयमा रहेको पनि जानकारी दिएका छन्।