बुद्ध एयरद्वारा बंगलादेशमा चार्टर्ड उडान

बुद्ध एयरले मंगलबार बंगलादेशका लागि चार्टर्ड उडान भरेको छ। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनीको उक्त जहाजले तीन बजे बंगलादेशको ढाकाका लागि उडान भरेको हो। र जहाज आजै काठमाडौं र्फकने कम्पनीले जनाएको छ ।

नेपालमा रहेका १३ जना बंगलादेशी नागरिक बोकेर जहाज ढाका उडेको हो। नेपालमा रहेका बंगलादेशी नागरिकलाई स्वदेश फर्काउन दूतावासको पहलमा बुद्ध एयरको जहाज चार्टर्ड गरिएको हो।

मंगलबार नै नेपाल एयरलाइन्सको जहाज नयाँ दिल्ली उडेको छ। विदेशी दूतावासहरुले यात्रु आफैंले भाडा तिर्ने शर्तसहित धमाधम आफ्ना नागरिक फिर्ता लगिरहेका छन्।

नेपालमा १८ वैशाखसम्म राष्ट्रिय-अन्तर्राष्ट्रिय उडान बन्द भएका छन्। यसले गर्दा नेपालमा रोकिएका विदेशी नागरिक समस्यामा छन्।

प्रकाशित मिति: : 2020-04-14 17:34:12

प्रतिकृया दिनुहोस्