कोरोना संक्रमित भेटिएको भनी भ्रामक विवरण फेसबुकमा पोस्ट गर्ने दाङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने २८ वर्षका दिपक न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आफ्नो फेसबुक स्ट्याटसमा दाङमा पनि एक जना कोरोना भाइरसबाट संक्रमित भेटिएको भनी भ्रामक विवरण पोष्ट गरेर जनमानसमा डर त्रास फैलाउले काम गरेको भन्दै न्यौपानेलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य अगाडि बढाइको प्रहरीले जनाएको छ ।