लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषद्को निर्णय

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार दिउँसो बालुवाटारमा बसेको बैठकले वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले पहिलो पटक चैत ११ गतेदेखि देशभर लकडाउन गरेको थियो। तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ। त्यसैले बिहिबारदेखि १५ गतेसम्म थप्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए।

काठमाडौं उपत्यका तथा बाहिरी जिल्लामा पनि कोरोना भाइरसका संक्रमित तथा सम्भावित संक्रमित भेटिएको र विश्व स्वास्थ्य संगठनले पनि संक्रमण फैलिन नदिनका लागि लकडाउनसहितका उपायहरुलाई व्यवस्थित गर्न सुझाव दिएको अवस्थामा नेपाल सरकारले लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय लिएको हो।

नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ। १६ मध्य एकजना निको भएर घर फर्किसकेका छन भने सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगञ्जमा ३ जना, बाग्लुङमा २ जना र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २ जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-04-14 15:14:03

प्रतिकृया दिनुहोस्