सनसिटीमा भेटिएका दुई संक्रमित कतार एयरलाइन्सको फ्लाइट नम्बर ‘क्यूआर ६४४’ बाट आएका थिए

बिएल संवाददाता

काठमाडाै‌ं

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरस परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि पाटन अस्पतालमा भर्ना गरिएका एकैपरिवारका तीनजना मध्ये दुईजनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ।

पाटन अस्पतालको आइसोलेसनमा राखिएकामध्ये दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयस्थित स्रोतले जानकारी दिएको छ। एकजनाको भनेपीसीआर परीक्षण पुनः दोहोर्‍याइएको जानकारी पनि प्राप्त भएको छ। 

उनीहरू काठमाडौंको काँडाघारीस्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए। ८१ वर्षीया आमा, ५८ वर्षीय छोरा र ५२ वर्षीया बुहारीलाई सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो।

कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको र्‍यापिड टेस्ट गर्दा उनीहरूको रिपोर्ट पोजिटिभ आएको नगरप्रमुख कृष्णहरि थापाले बताए।

सुरक्षा उच्च स्रोतका अनुसार उनीहरू चैत ४ मा राति १ बजे बेलायतबाट दोहा हुँदै कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए। त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू तीन साता बेलायत बसेर फर्किएका हुन्।

काठमाडौं आएर क्वारेन्टाइनमा बसेका तीन जनाको आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको छ। कोरोनाको संक्रमण देखिएको पछि सोमबार पाटन अस्पतालको आइसोलेसनमा तीनै जनाई राखिएको थियो।

मंगलबार गरिएको थप परिक्षणमा दुई जनाको रिपोर्ट पोजोटि आएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अस्पतालको विशेष स्रोतले बिएल नेपाली सेवालाई जानकारी दिएको छ। 

तर  अस्पताल भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ, संक्रमणको कुनै लक्षण देखिएको छैन।

प्रहरीले सोमबार ने सनसिटी अपार्टमेन्टमा सुरक्षा व्यवस्था कडा गरेको छ भने भित्र बसोबास गर्ने मानिसलाई बाहिर जान दिएको छैन।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। सोमबार मात्रै कैलाली र रौटहटमा एकरएक जनामा कोरोना संक्रमण फेला परेको थियो।

१६ मध्य एकजना निको भएर घर फर्किसकेका छन भने सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगञ्जमा ३ जना, बाग्लुङमा २ जना र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २ जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-04-14 12:55:39

प्रतिकृया दिनुहोस्