कोभिड-१९ : खानेपानीमन्त्री मगरद्वारा १०० क्विन्टल चामल सहयोग

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले चार स्थानीय तहलाई १०० क्विन्टल चालम  सहयोग गरेकी छन्।

मन्त्री मगरले निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल सहयोग गरेकी हुन्। 

सचिवालयका प्रतिनिधि दीपक तिमिल्सिना, सुन्दर चौधरी, प्रकाश मोक्तानमार्फत स्थानीय तहमा उनले चामल उपलब्ध गराएकी हुन्। 

'दैनिक ज्याला मजदुरी गरी खाने वर्गलाई समस्या भएपछि राहतस्वरूप मन्त्री मगरले चामल वितरण गर्नु भएको हो', उनका स्वकीय सचिव प्रकाश मगरले भने, 'मन्त्री मगरले व्यक्तिगतरूपमा चामल सहयोग गर्नुभएको हो।'

कोरोना भाइरसका कारण देश लकडाउन गरिएपछि गरीखाने वर्ग निकै अप्ठ्यारोमा परेको जानकारी पाएपछि मन्त्री मगरले चामल
 उपलब्ध गराएको सचिव मगरको भनाइ छ।

प्रकाशित मिति: : 2020-04-14 12:34:05

प्रतिकृया दिनुहोस्