फ्रान्समा बढाइयो बन्दाबन्दीको समय

बिएल संवाददाता

पेरिस, फ्रान्स

फ्रान्समा बन्दाबन्दीको अवधि अरू चार साताका लागि थपिएको छ। फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोँले सोमबार बेलुका राष्ट्रका नाउँमा सम्वोधन गर्दै यस्तो घोषणा गरेका हुन्। कोरोना भाइरस संक्रमण रोकिन लामै समय लाग्ने देखिएपछि यस्तो घोषणा गरिएको हो। 

चार सातापछि शुरुमा शिशु स्याहार केन्द्र, शिशु कक्ष, प्रार्थमिक, माध्यमिक र उच्च माध्यमिक बिद्यालय खोलिने छन् भने बाँकि अन्य क्षेत्र बिस्तारै खोलिनेछ ।
कोरोना भाइरस संक्रमणका कारण फ्रान्समा अहिलेसम्म १४ हजार नौ सय ६७ को मृत्यु भैसकेको छ।   

यतिबेला फ्रान्समा ६ हजार आठसय २१ जना संक्रमित सघन उपचार कक्षमा छन् । ३२ हजार एकसय १३ संक्रमितमध्ये कुनै संक्रमित अस्पतालमा र कुनै संक्रमित घरमै १४ दिने एकान्तबासमा छन्। फ्रान्समा सघन उपचार कक्षमा पुगेका कोरोनाका बिरामी बाँच्ने सम्भावना ५० प्रतिशत छ ।

संक्रमणका कारण अस्पताल पुग्नेको संख्यामा मृत्यूको ग्राफ आउँदा दिनमा पनि उकालो लागिरहने छ। राष्ट्रपति माँख्रोले फ्रान्सको ५ देखि ६ प्रतिशत जनसंख्या कोरोना संक्रमित भएकोले कोरोना नियन्त्रणको प्रयाश सोचेभन्दा लामो हुने बताएका छन्।

आजसम्म फ्रान्समा कोरोना संक्रमणको लक्षण भएकाको सरकारी प्रयोगशालामा मात्र परीक्षण हुन्थ्यो भने अबदेखि यसको परिक्षण नीजि र सरकारी दुवै प्रयोगशालामा हुने भएको छ। परीक्षणको सीमा ब्यापक बनाइने भएको छ। कोरोना संक्रमण नियन्त्रणको लागि विश्वभर गरिएका परीक्षण फ्रान्समा पनि जारी राखिएको छ। यसै कुरालाई पुष्टि गर्दै माँख्रोले भने, फ्रान्सले कुनै पनि परीक्षणलाई रोक्ने छैन ।

म आफैँ पनि स्थलगत निरीक्षणमा पुगेर तथ्याङ्क तथा नतिजा हेर्ने गरेको छु तर वर्तमानका लागि हामीसँग कुनै उपचार छैन तैपनि म फ्रान्सेली जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्न चाहन्छु।‘ माँख्रोले ११ मेपछि स्कूल खुल्दा सुरक्षाका पूर्ण उपाय अपनाइने आश्वासन दिदै फ्रान्सभित्र र बाहिरबाट अहिलेका लागि मास्कको आपूर्ति भइरहेको बताए।

यसै मौकामा माँख्रोले फ्रान्समा रहेका साना तथा मझौला र ठूला उद्योग ब्यवसायीलाई सरकारले आर्थिक सहयोग दिने आश्वासन पनि दिएका छन् । ११ मेपछि पनि रेष्टुरेन्ट, होटल, सिनेमा हल, रगमन्च खेलकुदजस्ता मानिस जम्मा हुने स्थान खोल्न भने सरकारको अर्को अनुमति कुर्नुपर्ने भएको छ।

प्रकाशित मिति: : 2020-04-14 02:30:38

प्रतिकृया दिनुहोस्