कोभिड–१९ : अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था

सरकारले कोभिड–१९ रोक्नका निम्ति गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ। 

गृहमन्त्रालयले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो। त्यसका लागि विवरण भर्नका साथै आवश्यकताको आधारमा मात्रै जिल्ला प्रशासन कार्यालयले मात्रै इ–पास वितरण गर्नेछ। 

सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट शुरु गरेको जानकारी दिए।

फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि इ–पासको व्यवस्था गर्ने  गृहमन्त्री थापाको भनाइ छ।

प्रकाशित मिति: : 2020-04-13 19:05:17

प्रतिकृया दिनुहोस्