गोल्डस्टारद्वारा ललितपुर महानगरपालिकालाई हजार थान जुत्ता प्रदान

नेपालको जुत्ता उद्योग गोल्डस्टारले ललितपुर महानगरपालिकालाई हजार थान जुत्ता प्रदान गरेकाे छ। 

गाेलस्टारका सञ्चालक विदुषी राणाले ललितपुर प्रहरी परिसरमा महानगरका प्रमुख चिरीबाबु महर्जन, प्रहरी प्रमुख टेकप्रसाद राई र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको उपस्थितिमा उक्त जुत्ता व्यवस्थापनका महासचिव मीत्रप्रसाद घिमिरेलाई एक कार्यक्रमका बिच  प्रदान गरेका हुन्र।

१००० मध्ये १०० जोर ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सहयोग मागेका थिए भने बाँकी ९०० जोर जुत्ता निजी क्षेत्रका कामदारलाई दिइनेछ। 

कार्यक्रममा वाटर एआइडीका प्रतिनिधि तृप्ति राईले ५०० थान पीपीई दिएका थिए। यस्तै उनले२५ स्थानमा हात धुने ट्यांकी राख्न पहल गर्ने बताइन् । 

प्रकाशित मिति: : 2020-04-13 18:28:57

प्रतिकृया दिनुहोस्