महामारीमा जनताको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ: स्वास्थ्यमन्त्री ढकाल

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले महामारीका बेलामा जनताको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताएका छन्। काेराेना भाइरस संक्रमितकाे संख्या १४ पुगेसँगै उनले सुरक्षाको प्रत्याभूति गर्नु नै सरकारकाे प्रमुख दायित्व हुने उनले बताएका हुन्।

सोमबार नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले भने भनेका छन्, ‘उहाँहरुको स्वास्थ्यको प्रत्भयाभूति गराउन सरकार अत्यन्त सचेत छ। व्यक्तिगत सुरक्षा सामग्रीलगायत सुरक्षा सामग्री यथेस्ट मात्रामा पुर्‍याउन लागिपरेका छौं।’

उनले महामारीविरुद्धको लडाई सबै एकजुट भए मात्र लड्न सकिने बताए। ‘देशलाई महामारीबाट बचाऔं, बाँकी बहस पछि गरौंला।’

मन्त्री ढकालले अहिले कोरोना भाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको विश्वब्यापी अभाव रहेकाले आफूसँग भएका साधनको दुरुपयोग गर्नबाट रोकी अधिकतम सदुपयोग गर्नुपर्ने बताए।

प्रकाशित मिति: : 2020-04-13 16:55:04

प्रतिकृया दिनुहोस्