ब्राजिलले नेपालमा रहेका आफ्ना ३५ जना नागरिकलाई फिर्ता लैजाने

बिएल संवाददाता

काठमाडाै‌ं

ब्राजिलले नेपालमा रहेका आफ्ना ३५ जना नागरिकलाई फिर्ता लैजाने भएको छ। 

नेपालस्थित ब्राजिलियन दूतावासको पहलमा नेपाल वायु सेवा निगमको ए ३२० विमान मंगलबार ३५ जनालाई लिएर दिल्ली जाने तय भएको छ।

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि फ्रान्स, जर्मनी, बेलायत, अमेरिका तथा अस्ट्रेलियासहितका देशले नेपालमा रहेका आफ्ना नागरिक विमान चार्टर्ड गरेर स्वदेश लगेका छन्। 

फ्रान्स तथा जर्मनीले चार्टर्ड गरेका विमान अरु युरोपेली देशका नागरिक पनि गएका थिए।

प्रकाशित मिति: : 2020-04-13 12:35:44

प्रतिकृया दिनुहोस्