मुख्यमन्त्रीको निर्देशनपछि वीरगञ्जमा लकडाउन कडाइ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाटआएर वीगञ्जमा बसेका तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि लकडाउनलाई अझ कडाइ गरिने बताएका छन्। 
मुख्यमन्त्री राउतले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश नेतृत्वले सीमा नाकासहितका क्षेत्रमा लकडाउन थप प्रभावकारी बनाउन काम शुरु गरिसकेको जानकरी दिए । 

उनले भारतबाट आएका जमाती केही समय अगाडि नै आएकाले त्यस्ता व्यक्ति अरु पनि हुन सक्ने भएकाले खोज्ने काम भइरहेको जानकारी दिए । 

यस विषयमा मुख्यमन्त्री राउतले आइतबार गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए । 

प्रकाशित मिति: : 2020-04-13 09:28:45

प्रतिकृया दिनुहोस्