तपाईले पूजा गर्ने मन्दिर किनेर शिवको ठाउँमा कसैले यीशुको मूर्ति राखिदियो भने के गर्नुहुन्छ ?
हामी अमेरिका आइपुगेर ईश्वी सम्वतमा चल्न थाले पनि हाम्रो दिमाखको ब्रिक्रम सम्वत् हटिसकेको छैन। अझै पनि वैशाख १ लाई हामी नयाँ वर्ष भन्छौं र घरदेश वा परदेश जहाँ रहेका भए पनि आफन्त र शुभचिन्तकसँग नयाँ वर्षको शुभकामना साटासाट गर्छौं। आज फेरि अर्को एकपटक सम्वत् फरक भए पनि त्यही दिन दोहोरिएर आएको छ- सम्वत् २०७७ को वैशाख १ गते। एक जुगमा एक दिन एकपटक आउँछ भनेझै यो दिन पनि अब कहिल्यै आउँदैन। अब फेरि कहिल्यै नआउने त्यही विशेष दिनको मंगलमय शुभकामना।
यतिबेला संसार एउटा विचित्रको जैविक युद्ध लडिरहेको छ। कोरोना भाइरसविरूद्धको यो लडाईंका सामु अरू सबै विषय गौढ भएका छन्। सबैलाई कोरोना नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाबुको अनुहारजस्तै भएको छ। अर्थात् यो कसैलाई पनि मन परेको छैन तर सबैको ध्यान पनि यसैमा गएको छ। अरू विषयमा ध्यान केन्द्रित गर्नै दिएको छैन यसले।
कोरोना पाहुनाजस्तै हो- आउँने/जाने। जसरी पाहुना सधैभरि बस्दैनन्- आउँछन् र जान्छन् । यो पनि आएपछि जान्छ नै। मात्र ढिलो चाँडोको कुरा हो, कति कम वा बेसी नोक्सान पुर्याएर जान्छ भन्ने मात्र हो। त्यसपछि पनि संसार त रहन्छ । हरेक मानिसले जति प्रतिकुलतामा पनि फेरि जीवनलाई अगाडि बढाउनु त छँदैछ।
यही क्रममा एउटा भन्नैपर्ने सत्य के हो भने नयाँ वर्ष एउटा औपचारिकता मात्र हैन, आउँने केही शुभकामनाको खेती गर्ने अनि जाने। त्योभन्दा बढी यो एउटा मौका पनि हो वर्षभरि गरेका राम्रा/नराम्रा कामको मूल्यांकन गर्ने, नराम्रा काम नदोहोर्याउने प्रण गर्ने अनि गल्तीका लागि क्षमा मागेर सच्याउँदै अघि बढ्ने।
यही क्रममा मैले पनि आफ्नो वर्ष २०७६ लाई वैशाखदेखि चैतसम्मै रिवाइन्ड अनि प्ले गरेर हेरें। यस क्रममा मैले केही कुरा नदोहोर्याउने प्रण गरें । समय क्रममा त्यसले ममाथि पार्ने सकारात्मक प्रभाव देखिने नै छन् भन्ने विश्वास दिलाउन चाहन्छु।
अमेरिकी क्रिश्चियनका लागि चर्च भनेको भौतिक पूर्वाधार मात्र हैन, उनीहरूको आस्थाको भगवान येशुको वासस्थान पनि हो। उनीहरू यो वा त्यो वहानामा ग्रोसरी स्टोर किनबेच भए जसरी सजिलै यो कुरा स्वीकार्न तयार हुदैनन्। चर्च मालिकहरूले किनबेच गरे पनि त्यहाँ प्रार्थना गर्न जानेको भावनामा ठूलो चोट पुग्न सक्छ। त्यो धर्म र आस्थासँग जोडिएको हुन्छ र यो कुरा अमृतबाट विष बन्न कति पनि समय लाग्दैन।
अमेरिकामा रहेको नेपाली डायस्पोराका कतिपय गतिविधि र क्रियाकलापको म निन्दक हैन, आलोचक रहदै आएको छु। खासगरी यो डायस्पोरा द्वैध चरित्रको मानक बनाइरहेको छ, प्रचार-प्रसारको लाल्ची बनेको छ, उत्पादकभन्दा अनुत्पादक काममा बढी समय खर्च गरिरहेको छ। यसले एक किसिमको अमेरिकी नेपालीको फरक खाले भाष्य बनाउन लागेजस्तो छ। यद्यपि, नयाँ पुस्ता यो भासबाट माथि उठेर प्रगतिको फरकखाले परिभाषा लेखिरहेको छ। त्यो भने सकारात्मक छ।
आउने वर्ष अमेरिकाको नेपाली डायस्पोराका लागि थप चुनौतिपूर्ण हुने छ। पहिलो त कोरोना भाइरसले पुर्याएको भौतिक एवं मानसिक नोक्सानीको भरपुर्ताल गर्नु छ। यो आफैंमा एक सहज र सामान्य प्रक्रियाबाट सम्भव छैन। त्यसका लागि सारा अमेरिका नै एक जटिल प्रक्रियाबाट अगाडि बढ्नुपर्ने छ। त्यसैको तालमा ताल मिलाउँदै अमेरिकाको नपाली डायस्पोरा पनि अगाडि बढ्नुपर्ने छ।
यही वर्ष अमेरिकाले ४६औं राष्ट्रपति पाउँने छ। ट्रम्पले नै जिते भने अर्को चार वर्ष अमेरिकामा रहेका आप्रवासीका लागि अर्को ठूलो आपतको समय हुने छ। त्यसपछि उनी निर्वाचित हुनु नपर्ने भएकाले यस कार्यकालमा उनले के गर्छन् भन्दा पनि के गर्दैनन् भनेर एन्टी थेसिसमा सोच्नुपर्ने हुन्छ। त्यसले अमेरिकामा रहेको नेपाली डायस्पोराको दैनन्दिनी मात्र हैन, सोचर कोणमै आनका तान फरक पार्न सक्छ। तर, डेमोक्रेटले जिते भने मानसिक रूपमा ठूलो राहत मिल्नेछ जसले अरू समस्यासँग लड्न सहज वातावरण हुने छ। अहिलको अवस्थामा यसै भन्न सकिने अवस्था छैन। अमेरिकामा कोरोनाको सम्बोधन कसरी हुन्छ र यो कहर कसरी सकिन्छ? त्यही विषय नै चुनावी गेम चेन्जर हुन सक्छ।
यो पनि पढौं https://www.breaknlinks.com/nepali/news/35118066
वर्ष २०७७ मा अमेरिकाको नेपाली डायस्पोरालाई एउटा कुरा भने अनुरोध नै गर्नुपर्ने भएको छ। त्यो के भने चर्च किनेर मन्दिर बनाउने सोचमा परिवर्तन ल्याउन जरूरी छ। यसै पनि अमेरिका नश्लीय सोचको आधारमा ठाडो चिरामा विभाजित हुदैछ, कीर्तिमानी संख्यामा बन्दुक किन्ने क्रम जारी छ। ट्रम्पले जिते भने यो सोचमा थप उन्मादी आउने छ। त्यतिबेला चर्च किनेर मन्दिर बनाउँने निर्णय गलत मात्र धेरै गलत सावित हुन सक्छ।
अमेरिकी क्रिश्चियनका लागि चर्च भनेको भौतिक पूर्वाधार मात्र हैन, उनीहरूको आस्थाको भगवान येशुको वासस्थान पनि हो। उनीहरू यो वा त्यो वहानामा ग्रोसरी स्टोर किनबेच भए जसरी सजिलै यो कुरा स्वीकार्न तयार हुदैनन्। चर्च मालिकहरूले किनबेच गरे पनि त्यहाँ प्रार्थना गर्न जानेको भावनामा ठूलो चोट पुग्न सक्छ। त्यो धर्म र आस्थासँग जोडिएको हुन्छ र यो कुरा अमृतबाट विष बन्न कति पनि समय लाग्दैन।
नेपाली फरर बोल्न सक्ने, नेपाललाई माया गर्ने यी पादरीको भनाइले मलाई चाँहि सोच्न बाध्य बनायो। त्यसैले मैले नयाँ वर्षको यस पावन अवसरमा अमेरिकामा रहेको नेपाली समुदायलाई यस विषयमा सोच्न अनुरोध गरें। मन्दिर चाहिने हो कि सामुदायिक भवन?, २१औं शताव्दीमा भगवान हृदयमा राख्ने कि मन्दिरमा ? यी प्रश्नमाथि स्वस्थ वहस गरौं।
केही महिनाअघि केन्टकीको नासभिलस्थित नारायण मन्दिरमा भएको तोडफोड र केही दिन पहिले आर्कान्सासको फोर्ट स्मिथस्थित वुद्धमन्दिरमा भएको बुद्धमूर्ति तोडफोडको घटनालाई सामान्य घटनाका रूपमा हेरिनु हुन्न। अर्कान्सासमा वुद्धमूर्ति तोडफोड गर्ने २१ वर्षीय युवाले भनेका छन्-
'अमेरिकामा चर्च किन्दै मन्दिर बनाउने र त्यसमा झुटा भगवानका मूर्ति राख्नेलाई यो एक सबक हो। अमेरिकाभरिका क्रिश्चियनले अब यस्तो अभियान चलाउनु पर्छ।' यो भनाइ सामान्य भनाइ हैन। यसको भत्सर्ना त गरौंला तर त्यतिले मात्र समस्याको समाधान हुन्छ जस्तो लाग्दैन।
त्यो २१ वर्षीय क्रिश्चिय युवा स्वान माइकल इजरेलले गरेको काम खराब हो, त्यसको जति निन्दा गरे पनि कमै हुन्छ। म पनि उसको निन्दा गर्छु। तर, योसँगै मेरो सेकेण्ड ओपनियन पनि छ। त्यो के भने, हामीले कम्तिमा पनि चर्च किनेर मन्दिर बनाउने सोच बन्द गर्नुपर्छ।। भलै, भन्नलाई सामुदायिक केन्द्र भने पनि मूर्ति राखेर निश्चित धर्मका मानिस त्यहाँ जाने भएपछि त्यो सामुदायिक केन्द्र कसरी होला र ? मेरो विचारमा हामीले यस्ता गतिविधि कायम राख्यौ भने अरू इजरेलहरू जन्मन सक्छन् । त्यसैले यस्तो क्रियाकलापको आमन्त्रण नगरौं।
म अमेरिकाको एक रेड स्टेटमा बस्छु। मैले यस बारेमा यहाँका पादरीहरूकै धारणा पनि लिएको छु। यसबाट उनीहरू खुशी छैनन्, उनीहरूमा एक किसिमको रोष देखिन्छ। नेपालमा पिस्कोरमा काम गरिसकेका एक पादरीलाई यस बारेमा सोध्दा उनले यसको जवाफ दिएनन् उल्टै प्रश्न गरे, ' तपाई सानैदेखि पूजा गर्न जाने मन्दिर कसैले किनेर शिवको ठाउँमा येशुको मूर्ति राखिदियो भने तपाईलाई कस्तो लाग्छ? '
मैले उनलाई यो प्रश्नका लागि धन्यवाद भन्दै यसबारेमा तपाईको केही विचार पनि दिनुहुन्छ कि भन्दा उनले भने, 'मलाई यो एक किसिमको धार्मिक अतिक्रमण या नाजायज काम नै लाग्छ। पैसा छ भन्दैमा कसैको भगवान बस्ने ठाउँ किन्नु जायज हैन। त्यसमा पनि अल्पसंख्यकले त थप विचार पुर्याउनुपर्छ।'
नेपाली फरर बोल्न सक्ने, नेपाललाई माया गर्ने यी पादरीको भनाइले मलाई चाँहि सोच्न बाध्य बनायो। त्यसैले मैले नयाँ वर्षको यस पावन अवसरमा अमेरिकामा रहेको नेपाली समुदायलाई यस विषयमा सोच्न अनुरोध गरें। मन्दिर चाहिने हो कि सामुदायिक भवन?, २१औं शताव्दीमा भगवान हृदयमा राख्ने कि मन्दिरमा ? यी प्रश्नमाथि स्वस्थ वहस गरौं। जसलाई मन्दिर चाहिन्छ उनीहरूले पनि अरू नै भवन किनेर मन्दिर बनाऔं, नयाँ जग्गा किनेर मन्दिर बनाओं। तर, चर्च किनेर मन्दिर बनाउनेतिर चाँहि नलागौं। हो, यसो गर्न पाइन्छ- यो हाम्रो संवैधानिक हक हो। तर, कतिपय अवस्थामा अधिकारको कुरा गरेर मात्र हुदैन, त्यसमा पनि धर्म, आस्था र भावनाको कुरामा त त्यसो गर्नु महंगो पर्न सक्छ।
यो मेरो सेकेण्ड ओपनियन हो। यस विषयमा स्वस्थ डिस्कोर्सको थालनी हुन आवश्यक छ।
वादे वादे जायते तत्व वोध:। फेरि पनि नया वर्ष २०७७ को शुभकामना ।