भारतीय प्रधानमन्त्री मोदी मास्क लगाएरै भिडियो बैठकमा

बिएल संवाददाता

नयाँदिल्ली

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य मन्त्रीहरुसँगको भिडियो बैठकमा मास्क लगाएरै उपस्थित भएका छन् । 

उनले शनिबार कोरोना भाइरसविरुद्ध भइरहेका कामका बारेमा छलफल गर्न देशका मुख्यमन्त्रीहरुसँगको भिडियो बैठक आयोजना गरेका थिए। 

मुख्यमन्त्रीहरुसँगको भिडियो अन्तरक्रियाका क्रममा उन मुखमा मास्क लगाएको अवस्थामा देखिएका थिए। 

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग अहिले भइरहेका कामहरुका बारेमा जानकारी लिनु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उनले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउनेदेखि कोरोना  भाइरसविरुद्ध अन्य विभिन्न क्रियाकलापहरुमा मुख्यमन्त्रीहरु र प्रदेश सरकारहरुले राम्रो भूमिका खेलेको भन्दै धन्यवाद पनि दिएका थिए। 

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको चर्चा गर्दै कोरोना भाइरसविरुद्धको लडाईलाई अझ प्रभावकारी बनाउने उपायका बारेमा पनि बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग यसअघि पनि दुई पटक भिडियो बैठक गरेका थिए। उनले मन्त्रीपरिषद् बैठक र सर्वदलीय बैठक पनि भिडियो मार्फत् गरिसकेका छन् । 

उनले हरेक दिन जसो विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भिडियो बैठक गर्दै आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: : 2020-04-11 17:02:19

प्रतिकृया दिनुहोस्