प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भिडियाे कन्फरेन्स

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियाे कन्फरेन्स गरेका छन्।

कोरोना भाइरसको महामारीविरुद्ध तीनै तहका सरकारले सबै शक्ति लगाएर काम गरिरहेका बेला प्रधानमन्त्री ओलीले शनिवार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका हुन्।

प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले टेलिप्रिजनेसमार्फत मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन्।

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले काम गर्ने क्रममा आइपरेका समस्याहरुको समाधानका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘कोरोना रोकथामका लागि भइरहेको तयारी र आगामी रणनीतिबारे छलफल गर्न मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीले भिडिओ कन्फरेन्स गर्नु भएको हो,’उनले भने।

चैत १४ गते उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कन्फरेन्सबाट कुराकानी गरेका थिए।
 

प्रकाशित मिति: : 2020-04-11 12:13:43

प्रतिकृया दिनुहोस्