कोरोना कहर : राहत कोषमा पौने दुई करोड जम्मा

प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको  कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोडभन्दा बढी सहयोग जम्मा भएको छ। सो कोषमा रु एक करोड ७८ लाख ५० हजार सहयोग रकम जम्मा भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

उक्त कोषमा नेपाली काँग्रेस, सिभिल बैंंक, मेगाा बैंक,  गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक , नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकले सहयोग रकम जम्मा गरेका हुन्। 

त्यस्तै सहयोगी विकास बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र भाटभटेनी मल, ग्रामीण विकास लघु वित्तीय संस्थाले रकम कोषमा जम्मा गरेको जनाएको छ।

प्रकाशित मिति: : 2020-04-10 14:35:42

प्रतिकृया दिनुहोस्