कोरोनाविरुद्ध सरकारी पहल कामयावी बनाउन डा. बाबुराम भट्टराई समितिको नौबुँदे सुझाव (पूर्ण पाठ)

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको ‘कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहल, नेपाल’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव पठाएको छ ।
प्रधानमन्त्री ओलीलाई उनको सचिवालयमार्फत् र उपप्रधानमन्त्री एवम् कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई पनि इमेलमार्फत उक्त सुझाव पठाइएको हो । 
पूर्वप्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले दिएको जानकारीअनुसार, यस विषयमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच टेलिफोनमा पनि कुराकानी भएको छ ।
डा. भट्टराईसहित सांसद् प्रदीप गिरी, अर्थशास्त्री स्वर्णिम वाग्ले लगायतले नेतृत्व गरेको उक्त समितिले दिएको सुझावमा सरकारका तर्फबाट भएका कमी–कमजोरीको लामो  विवरण पेश गरिएको छ । 
समितिले ‘तत्काल गर्नुपर्ने कार्यहरु’ पनि सुझाएको छ । जसमा भनिएको छ, ‘जनस्वास्थ्यका सवाल  पहिलो संक्रमण देखिएको यति लामो समयसम्म पनि परीक्षण गर्ने हाम्रो क्षमता निकै कम छ । भएका मसिनहरुको पनि पूर्ण सदुपयोग भएको छैन । संक्रमण देखिएका जिल्लाहरुमा र्‍यापिड मास टेस्टको आवश्यक प्रबन्ध मिलाइयोस्।’

संक्रमितको उचित उपचारका लागि अति संक्रमित जिल्ला, पालिका वा प्रदेश घोषणा गरी अस्पतालहरुमा आइसियु र भेन्टिलेटरको तत्काल उचित प्रबन्ध गर्न पनि माग गरिएको छ । 

आइसियु र भेन्टिलेटरको संख्या थप्दै गर्दा स्वास्थ्यकर्मीहरुको सुरक्षा र तालिमका लागि पनि तीव्र तयारी गर्नुपर्ने,  घरमै क्वारेन्टिनमा कसरी बस्ने, कस्तो अवस्थामा निगरानीमा जाने र के गर्ने के नगर्ने भन्ने प्रष्ट गाइडलाइन बनाई वडा र पालिकास्तरदेखि नै कार्यान्वयनमा जोड दिन सुझाव दिइएको छ ।
सुझावको पूर्ण पाठ :
 

प्रकाशित मिति: : 2020-04-10 12:55:01

प्रतिकृया दिनुहोस्