चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी पछिल्लो केही दिनयता भारतमा बढ्दो क्रममा छ। अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन्।
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ। यस्तै संक्रमित हुने मानिसको समग्र संख्या छ हजार सात सय २५ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार महाराष्ट्र सबैभन्दा प्रभावित बनेको छ। महाराष्ट्रमा अहिलेसम्म यो एक हजार तीन सय ६४ संक्रमित भेटिएका छन्। साथै ९८ जनाको मृत्यु पनि भइसकेको छ।
त्यस्तै तामिलनाडुमा अहिलेसम्म आठ सय २४ जना मानिस संक्रमित भइसकेका छन्। तामिलनाडुमा मृत्यु हुनेको संख्या आठ पुगेको छ। दिल्ली र तेलंगानामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दिल्लीमा सात सय २० संक्रमित फेला परेका छन् भने तेलंगानामा संक्रमितको संख्या चार सय ७१ पुगेको छ।
मध्यप्रदेशमा अहिलेसम्म संक्रमितको संख्या चार सय ११ पुगेको छ। यो राज्यमा मृत्यु हुने मानिसको संख्या ३३ पुगिसकेको छ। अहिलेसम्म भारतमा छ सय २० संक्रमित निको भएका छन्।