कालीकोटका स्थानीय तहद्वारा विपन्नलाई खाद्यान्न

कालीकोटका स्थानीय तहहरुले विपन्न तथा गरीब परिवारलाई खाद्यान्न उपलब्ध गराएका छन्।

कोभिड-१९ को सम्भावना रोक्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न तथा गरीब परिवारलाई रास्कोट नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले जानकारी दिए।

लकडाउनका मारमा परेका विपन्न तथा गरीब परिवारलाई खाद्यान्न उपलब्ध गराएका छन् । ती परिवारमा लकडाउनका कारणले चुल्हो नै नबल्ने अवस्था आएका कारणले खाद्यान्न उपलब्ध गराइएको जनाइएको छ। 

'नगरभित्र रहेका गरीब परिवारलाई प्रति परिवार ३० केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक किलो नुन उपलब्ध गरेका छौं', उनले भने, 'लकडाउनका कारण कोहि पनि भोकै बस्नपर्ने छैन्।'

 त्यस्तै सान्नी त्रिवेणी र  नरहरिनाथ गाउँपालिका  तथा तिला र खाँडाचक्र नगरपालिकाले पनि अतिविपन्न  घरपरिवारलाई खाद्यान्नको व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख बरालले बताए।

प्रकाशित मिति: : 2020-04-09 08:49:37

प्रतिकृया दिनुहोस्