प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको छ : मुख्यमन्त्री राई 

प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताएका छन्।

सरकारले कोभिड-१९ को संक्रमण रोक्नका लागि गरेको लकडाउनका कारण  समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई राहत वितरण गरिरहेको बताएका हुन्।

विभिन्न राजनीतिक दलको संयन्त्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुधबार बुझ्दै उनले भने  'लकडाउनबाट प्रभावित विपन्न वर्गलाई वितरण गरिने राहत व्यवस्थित गर्ने अभियानमा सघाउन राजनीतिक दललाई आग्रह गर्दछु।'
 
 सामाजिक सङ्घसंस्थाले वितरण गरिरहेको राहत सहयोगलाई व्यवस्थित गर्न राजनीतिक दलले आफ्नो संयन्त्रमार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने उनको भनाइ छ।

स्थानीय तहले संयन्त्र बनाएर एकद्वारबाट राहत वितरण गर्नुपर्ने भए पनि सङ्घसंस्थाले वितरण गर्नेक्रम नरोकिएपछि दलहरुलाई सो आग्रह गरेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-04-09 08:15:28

प्रतिकृया दिनुहोस्