आमा समूहद्वारा ठिनीमा राहत वितरण

कुमार अनुरागी

मुस्ताङ्ग‐देउराली

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि हिमाली जिल्ला मुस्ताङ्गको घरपझोङ्ग गाउँपालिका वडा नं ५ ठिनीका आमा समूहद्धारा समिति तथा गाउँमा आमाहरुले पैसा जम्मा गरी विपन्न र दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई राहत वितरण शुरु गरेका छन्।

उक्त राहतमा आमा समूहको कोषबाट १० हजार, गाउँको उईमेन कोषबाट ५ हजार राखिएको थियो र बाँकी रकम सबै आमाबाट आफ्नो दक्षताका अनुसार ३३ हजार जम्मा गरिएको थियो । 

लकडाउनका कारण बेरोजगार र विपन्न दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई जम्मा गरिएको रकमबाट राहत वितरण थालिएको आमा समूहकी अध्यक्ष लक्ष्मी थकालीले बताईन्। 

राहत वितरणका लागि आमा समूहले ठिनी गाउँमा ३७ घरपरिवारलाई केही दिनको लागि चिनी, तेल,  हात धुने साबुन दिएको सचिव आईत थकालीले जानकारी दिइन्। गाउँका जनप्रतिनिधि, स्थानीय अगुवाको उपस्थितिमा राहत सामाग्री वितरण गरिएको हो।

यस्तै विश्वव्यापी महामारी रुपमा फैलिरएको कोरना भाईरस संक्रमणलाई घरपझोङ्ग गाउँपालिकामा फैलन नदिन तथा सोको रोकथाम , नियन्त्रण , राहत तथा उपचार कोषको लागि घरपझोङ्ग गाउँपालिकाले राहत तथा नियन्त्रण कोष खडा गरेको छ।

उक्त कोषमा गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाको उपाअध्यक्ष शर्मीला गुरुङ्गले जानकारी दिइन्। यस कार्यमा ईच्छुक सबै संघ, संस्था तथा आम सर्वसाधारण सबैले गाउँपालिकालाई सहयोग गर्नसक्ने पनि उनले बताइन्। अबको केहि दिनमा सबै वडाका गाउँपालिकाले विपन्न र दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई राहत वितरण शुरु गर्ने गुरुङ्गले बताइन्।

ठिनी आमा समूहले घरपझोङ्ग गाउँपालिकाको राहत तथा उपचार कोषमा  ३८ हजार जम्मा गर्ने निर्णय गरेको छ। कोरोनाको ठिनीमा हुन सक्ने जोखीम देखेर ५ नं वडाले मुक्ति नमूना आधारभूत विद्यालय ठिनीमा ४ बेडको क्वारेन्टाईन निर्माण गरिएको वडा नं ५ का अध्यक्ष विरेन्द्र थकालीले बताए।

प्रकाशित मिति: : 2020-04-08 09:56:23

प्रतिकृया दिनुहोस्