कोरोना कहर : अस्पताललाई सुरक्षा सामाग्री सहयोग

भरतपुर अस्पतालको ५७ औ वार्षिकोत्सवको अवसरमा श्रीमेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ वटा व्यक्तिगत सुरक्षा सामाग्री (पिपीई) सहयोग गरेको छ।

सम्भावित कोरोना भाइरसका जोखिम रोक्नका लागि ति सामग्री सहयोग गरेको कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले जानकारी दिए। उक्त सामग्री मूल्य रु १ लाख ९७ हजार ५००मा  खरीद गरिएको उनको भनाइ छ। 

कलेजका छात्र/छात्राको प्रयोगात्मक कक्षा सो अस्पतालमा हुने गरेको बताउदैं उनले भने, 'सो कलेजमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहका स्वास्थ्यसंग सम्बन्धित बिषयमा अध्ययन हुने गर्दछ। अस्पतालमा प्रयोगात्मक कक्षामा सहभागी भए वापत बार्षिक रुपमा सबैभन्दा बढी रकम बुझाउने कलेज हो।' सो भाइरसको जोखिम हुन नदिन अस्पताललाई विभिन्न सङ्घ संस्थाहरुले सहयोग गर्दै उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-04-07 13:05:16

प्रतिकृया दिनुहोस्