भारतमा कोरोनाबाट एकै दिन २८ जनाको मृत्यु, थप ७०४ मा संक्रमण पुष्टि

बिएल संवाददाता

नयाँदिल्ली,हिन्दी ब्यूराे

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बिस्तार भएको छ। सोमबार एकै दिन कोरोना भाइरसबाट भारतमा २८ जनाको मृत्यु भएको छ।

योसँगै मृत्यु हुनेको संख्या १११ पुगेको छ। यस्तै सोमबार थप ७०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

योसँगै कुल संक्रमितको संख्या चार हजार २८१ पुगेको छ। अहिलेसम्म ३१८ जना संक्रमित स्वस्थ भएर घर फर्किएका छन्।

भारतमा अहिलेसम्म एक लाख एक हजार भन्दा बढीको परीक्षण सम्पन्न भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ।

सोमबार महाराष्ट्रमा कोरोनाका १२० नयाँ संक्रमित पुष्टि भएका हुन्। राज्यमा कुल संक्रमितको संख्या ८६८ पुगेको छ। यस्तै सोमबार महाराष्ट्रमा सातजनाको मृत्यु भएसँगै राज्यमा मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

यस्तै राजधानी नयाँदिल्लीमा कोरोना संक्रमितको संख्या ५२५ पुगेको छ र अहिलेसम्म सातजनाको मृत्यु भएको छ।

मध्य प्रदेशमा सोमबार ६३ जना नयाँ थपिएसँगै कुल संक्रमितको संख्या २५६ भएको छ। मध्य प्रदेशको भोपाल जिल्ला बढी प्रभावित भएको छ। त्यहाँ सोमबार एकै दिन ४३ जनामा संक्रमण पुष्टि भएको हो।

तेलंगानामा अहिले ३०८ संक्रमित छन् र ११ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशमा ३०३ तथा केरलमा ३२७ जना संक्रमित छन्।

प्रकाशित मिति: : 2020-04-07 07:22:18

प्रतिकृया दिनुहोस्