फ्रान्समा एकै दिन ८३३ जनाको मृत्यु

फ्रान्समा कोरोना भाइरसका कारण सोमबार एकै दिन ८३३ जनाको मृत्यु भएको छ । 

कोरोनाको संक्रमण पुष्टि भएपछि फ्रान्समा मृत्यु हुनेको कुल संख्या ८ हजार ९११ पुगेको छ । यस्तै संक्रमितको कुल संख्या ९८ हजार १० रहेको छ।

सोमबार अस्पतालमा उपचारको क्रममा ६०५ तथा नर्सिङ्ग होम अर्थात रिटायरमेन्ट होममा २२८ जनाको मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयलले जारी गरेको तथ्यांकमा उल्लेख छ। दुवै स्थानमा मृत्यु हुनेको संख्या १० प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

तर फ्रान्समा कोरोनाको संक्रमण पुष्टि भएपछि स्वास्थ्य गम्भीर भएर सघन उपचार कक्षमा राखेर उपचार गर्नु पर्ने बिरामीको संख्या सोमबार १.३ प्रतिशतले मात्रै बढ्यो । यो अघिल्लो दिनको तुलनामा कम हो ।

अहिले फ्रान्समा आइसियूमा रहने कोरोना संक्रमितको संख्या सात हजार ७२ छ। कोरोनाका कारण मृत्यु हुने मध्ये २७ प्रतिशत रिटायरमेन्ट होमका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: : 2020-04-07 06:40:12

प्रतिकृया दिनुहोस्