बेलायती प्रधानमन्त्री जोनसन आइसीयुमा, विदेशीमन्त्री बनाइए कायममुकायम

बिएल संवाददाता

लण्डन, बेलायत

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको अवस्था गम्भीर भएको छ।उनको सघन उपचार कक्ष (आईसीयु) मा उपचार भैरहेको बताइएको छ।

प्रधानमन्त्री जोन्सन  कोरोना पोजिटिव भएको १० दिनपछि आइतबार साँंझ अस्पताल भर्ना गरिएका थिए। मार्च २७ तारिखमा कोरोनाभाइरस सङ्क्रमण भएको घोषणा भएयता जोनसनले निवासमै बसेर काम गर्दै आएका थिए।

यसैबीच विदेशमन्त्री डोमिनिक रबलाई कायमुकायम प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ् स्ट्रिटका प्रवक्ताले उनको स्वास्थ्य अवस्था अरू खराब भएको बताएका छन्। उनले भनेका छन्, 'अवस्था खराब भए पनि उनको उत्कृष्ट उपचार भैरहेको छ।'

प्रधानमन्त्री जोनसनकी गर्भवती गर्लफ्रेण्ड क्यारी सिमोन्ड्ज पनि कोरोना संक्रमित छिन्। शनिवार मात्र उनले आफूमा कोरोनाका मुख्य लक्षण देखिएकाले एक साता ओच्छ्यानमै बिताएको भनेर ट्वीट गरेकी थिइन्।तर, उनको  अहिलेसम्म पनि कोरोना परीक्षण भैसकेको छैन। 

प्रकाशित मिति: : 2020-04-07 02:16:38

प्रतिकृया दिनुहोस्