सशस्त्र प्रहरीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका क्रममा कञ्चनपुर र कैलालीको गड्डाचौकी र गौरीफन्टामा ड्युटीमा रहेका डीएसपीसहित १२० जनालाई ‘क्वारेन्टाइन’मा राखेको छ ।
भारतबाट आएका नेपालीहरुले ती नाकाहरुमा हुलदंगा गरेकै बेला पहिलो पंक्तिमा रहेर काम गरेका प्रहरीलाई सुरक्षाका लागि क्वारेन्टाइनमा राखेको सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।
क्वारेन्टाइनमा राखिएकाहरुलाई स्वास्थ्यकर्मीहरुले नियमित चेकजाँच गरिरहेको उनले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले भारतसँगको सीमानाकाहरुमा कडाइ गर्नका लागि दुई हजार २८० जना थप सुरक्षाकर्मी खटाएको बताए ।