कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे ७० हजार नाघ्यो

बिएल संवाददाता

काठमाडाै‌ं

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७० हजार नाघेको छ। 

२ सय ८ देशमा फैलिएको कोरोनाबाट यो समाचार तयार पार्दासम्म ७० हजार ५ सय ५४ जनाको ज्यान गएको छ।

यस्तै १२ लाख ८७ हजार ३ सय ८१ जना संक्रमि भएका छन्। भने अहिलेसम्म २ लाख ७१ हजार ९ सय ९४ जना उपचारपछि निको भएका छन्।

कोरोनाका कारण सबैभन्दा धेरै इटलीमा १५ हजार ८ सय ८७ जनाको ज्यान गएको छ।

 यस्तै, स्पेनमा १३ हजार ५५ जनाको ज्यान गएको छ। अमेरिकामा ९ हजार ६ सय २० जनाको ज्यान गएको छ। 

कोरोनाको उद्गमस्थल चीनमा भने ३ हजार ३ सय ३१ जनाको ज्यान गएको छ। 

कोरोनाका कारण अमेरिकामा सबेभन्दा धेरै ३ लाख ३६ हजार ८ सय ५१ जना सङ्क्रमित भएका छन्।

प्रकाशित मिति: : 2020-04-06 18:58:42

प्रतिकृया दिनुहोस्