शीर्ष नेताहरुकाे आलोचना खेप्न नसकेपछि ओलीले डाके सचिवालय बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक बोलाएका छन्।

आफूहरुसँग सल्लाह सरकारले एकलौटीरुपमा गम्भीर निर्णयहरु लिन थालेको भन्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरुले चर्को आलोचना गरेपछि बैठक बोलाएको हो।

नेकपाका महासचिव विष्णु पौडेलले अनुसार प्रधानमन्त्री ओलीले मगंलबार चार बजे बालुवाटारमा केन्द्रीय सचिवालय बैठक बोलाएको जानकारी सचिवालय सदस्यहरुलाई गराएका छन्।

नेकपाका अध्यक्ष प्रचण्डसँगै सचिवालयका अधिकांश सदस्यहरुले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक सामग्री खरीदका बेला सरकार भ्रष्टाचार मुछिएको प्रकरण, नेपाली सेनलााई त्यस्ता सामग्री खरीदको जिम्मा दिने सरकारी निर्णय र श्रमजीवी वर्गहरुका लागि उचित राहत प्याकेज घोषणा नगरेको लगायत विषयमा सरकारसँग स्पष्टीकरण माग गर्ने योजना बनाएका छन्।

नेकपमा एमसीसी पास गर्ने रनगर्ने, नेता बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने/नलैजाने, पार्टीले सरकार चलाउने/नचलाउने बिषयमा बिवाद  कायमै रहेको छ।

प्रकाशित मिति: : 2020-04-06 16:56:36

प्रतिकृया दिनुहोस्