कोरोना कहर : स्वास्थ्य उपकरण उपलब्ध गराउन माग

राष्ट्रिय जनता पार्टीले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमामा आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन माग गरेको छ। 

 उक्त अस्पतालमा अहिलेसम्म भेन्टिलेटर, सिटीस्क्यान, कोरोनासम्बन्धी टेस्टका लागि मेसिन नभएका कारण राजपाले सरकारको ध्यानाकर्षणसमेत गराएको छ। 

कोभिड–१९ को विश्वमा महामारीको अवस्था रहेका बेला तराई/मधेशको स्वास्थ्य सुरक्षाका लागि अझै विशेष ध्यान दिनुपर्ने समयमा प्रदेश सरकारलेसमेत सो अस्पताललाई विभेद गरेको भन्दै राजपा, नेपालका सहमहासचिव नेजामुद्दीन समानीले सोमबार एक विज्ञप्ति जारी गर्दै जनाएका छन्।
    
'प्रदेश सरकारले आठवटै जिल्लामा रहेका अस्पतालसँग समान व्यवहार गर्नुपर्छ', उनले भने, 'प्रदेशमा रहेका आठवटै जिल्लामा ५० श्ययाको सुविधासम्पन्न अस्पताल बनाउनुपर्छ।'

प्रकाशित मिति: : 2020-04-06 16:21:25

प्रतिकृया दिनुहोस्