मलाई मास्क लगाउनु पर्छ जस्तो लाग्यो भने लगाउँछु: ट्रम्प

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक र महत्वपूर्ण लागेमा मास्कको प्रयोग गर्ने बताएका छन्।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले बाहिर निस्कँदा हरेक व्यक्तिले मास्क लगाउनु पर्ने बताए पनि ट्रम्पले शुक्रबारको ब्रिफिङ्गमात्यो सुझाव आफ्ना लागि नरहेको बताएका थिए ।

तर आइतबार उनले भने, ‘मलाई मास्क लगाउनु पर्छ जस्तो लाग्यो भने म लगाउँछु।’

ट्रम्पकी श्रीमती मिलानिया ट्रम्पले लगातार मास्क लगाउनु पर्ने पक्षमा ट्वीट गर्दै आएकी छन्।

त्यसबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘उनलाई मास्क लगाउने कुरा राम्रो लागेको छ, धेरै व्यक्तिलाई जस्तै। मलाई भने त्यस्तो लाग्दैन । तर मलाई महत्वपूर्ण लाग्यो भने मास्क लगाउँछु ।’

प्रकाशित मिति: : 2020-04-06 08:28:25

प्रतिकृया दिनुहोस्