ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु

सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आइतबार दिउँसो ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित खड्काको आठ वर्षीय छोरा निशान खड्का र सोही ठाउँका दिलबहादुर मगरको चार वर्षीय छोरा निकेश मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

निशान र निकेश उनीहरु दुवै जना घर नजिकै रहेको गौरी खोलामा माटो कोर्ने क्रममा माथिबाट ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयवासीले बताएका छन्। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-04-06 06:56:19

प्रतिकृया दिनुहोस्