हवाई सेवाबाट विदेशबाट आएर क्वारेन्टाइनमा बसेका अन्य कुनै व्यक्तिमा कोरोना देखिएनः मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ।

आईतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीको क्वारेन्टाईमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नुमना परीक्षण नेगेटिभ आएको  पुष्टि गरेका हुन्।

सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपार्टीस्थित क्वारेन्टाईनमा राखिएको थियो। डाक्टर देवकोटाले आईतबारसम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको र काठमाडौं बाहिर पोखरा, धरान, जनकपुर, सुर्खेत, हेटौंडा र धनगढीमा परीक्षण पनि परीक्षण भईरहेको जानकारी दिए। उनले चितवनमा नमुना परीक्षण टेष्टको काम भईरहेको र बुटबलमा सोमबारदेखि सुरु हुने बताए। काठमाडौंमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा छन्।

मन्त्रालयको मोबाईल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेहरु ८ हजार ९७ पुगेका छन् । आईतबार मात्रै १ हजार ८ सय १२ जनाले व्यक्तिगत विवरण भरेको र ती मध्ये २४ वटा विवरण रेड जोनमा परेका छन्। यो संगै रेड जोनमा रहेकाको संख्या १ सय ५० पुगेको छ।

उनले कैलाली, कञ्चनपुर र बाग्लुङका क्यारेन्टाईनमा रहेका सबैको तथा चैत महिनामा बाहिरबाट नेपाल प्रवेश गरेका सबैको र्‍यापिट टेष्ट बाट कोभिड १९ को परीक्षण गर्ने र पोजेटिभ देखिएका व्यक्तिको पुन पिसिआर विधिबाट परीक्षण गर्न सरकारदले दिएको निर्देशन अनुसार सम्बन्धीत निकायको बैठक बसी तीनै जिल्लामा सोमबार नै टोली पठाउने निर्णय भएको जानकारी दिए।

क्वारेन्टाईनको गुणस्तर कायमका लागि सरकारले बनाएको मापदण्ड अनुसार हुनुपर्ने र सो भए नभएको अनुगमन भईरहेको पनि उनले स्पष्ट पारे। उनले अझै पनि विरामीहरुले स्वास्थ्य सेवा नपाएको गुनासो आउने क्रम नरोकिएको भन्दै उनले आकस्मिक सेवा अनिवार्य रुपमा दिन सबै अस्पतालहरुलाई पुन सचेत गराए। उपचार नपाएर एउटा अस्पतालबाट अर्कोमा जाने अवस्था श्रृजना नगर्न पनि उनले आग्रह गरे। उनले बाहिरबाट आएका संक्रमित व्यक्तिले आफ्ना परिवारलाई सारेको अवस्थामा बाहिरबाट आएकाहरु क्वारेन्टाईनमा अनिवार्य बस्नुपर्ने विषयलाई गम्भीर रुपमा पालना गरि परिवार, समाज र राष्ट्रप्रति जिम्मेबार बन्न आग्रह गरे।

प्रकाशित मिति: : 2020-04-05 17:07:28

प्रतिकृया दिनुहोस्