बेलायती डाक्टरको चेतावनीः बेलैमा पीपीई र अन्य सामाग्री नपाए ठूलो दुर्घटना

कोरोना भाइरसविरूद्ध लड्न आवश्यक सामाग्रीको अभाव भएको खण्डमा बेलायतमा ५० भन्दा बढी डाक्टरले ज्यान गुमाउने चेतावनी प्रमुख चिकित्सकहरूले दिएका छन्। 

चिकित्सक संघका अध्यक्ष रिनेश पार्मरले कोरोना भाइरसको लडाईमा उनीहरूको अवस्था काट्न लागेको भेडा जस्तै भएको बताएका छन्। 

कोरोनाका कारण हालसम्म बेलायतमा ९ स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ। जसमा नर्स एमी ओ’रुर्की ३९ र सहायक स्वास्थ्य सहयोगी थोमस हार्भे ५७ रहेका छन्। 

पार्मरले इटालीमा स्वास्थ्य सेवामा संलग्न व्यक्तिको अवस्था नाजुक रहेको र मर्नेको संख्या अझ थपिने जानकारी दिए। इटालीमा ५० भन्दा बढी स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ। 

उनले भने, ‘यदी हामीले बेलैमा पर्सनल प्रोटेक्सन इक्यूपमेन्ट (पीपीई) र आवश्यक अन्य सामानको आपूर्ति गर्न सकेनौ भने इटालीको अवस्था हुन सक्छ। त्यसैले म सम्बन्धित निकायलाई बेलैमा सजग हुन आग्रह गर्छु।’

उनले धेरै स्वास्थ्यकर्मीले आफैले पीपीई मगाएको जानकारी दिए। उनले इन्टेन्सिभ केयर र एनेस्थेसियाका बिरामीमा उच्च जोखिमको सम्भावना भएको बताए। 

प्रकाशित मिति: : 2020-04-05 07:17:01

प्रतिकृया दिनुहोस्