कोरोना संक्रमणबाट एकैदिन अमेरिका, फ्रान्स र इटलीमा २७ सय ८२ काे मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमणबाट गएको २४ घण्टामा अमेरिका र फ्रान्समा नै दुई हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा एक हजार ५३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या साढे सात हजार नाघेको छ । यस्तै अमेरिकामा एक हजार ३८ जनाको ज्यान गएसँगै आठ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १५ हजारभन्दा धेरै र स्पेनमा झण्डै १२ हजारको ज्यान गइसकेको छ । यस्तै अमेरिकामा संक्रमितको संख्या तीन लाख नाघेको छ भने स्पेनमा एक लाख २६ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । 

विश्वभर ११ लाख ९९ हजार पाँच सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । आठ लाख ८८ हजार सात सय ४७ जनाको उपचार भइरहेको छ । ६४ हजार ६ सय ६२ जनाको भने ज्यान गएको छ ।

यस्तै झण्डै साढे दुई लाख कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

२ सय ५ देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस संक्रमणमा कारण झण्डै १२ लाख मानिस बिरामी भएकामा दुई लाख ४६ हजार एक सय ७४ जना उपचारपछि निको भएका हुन् ।

प्रकाशित मिति: : 2020-04-05 06:50:06

प्रतिकृया दिनुहोस्