युरोपमा मात्र कोरोनाबाट मर्नेको संख्या ४२ हजार नाघ्यो 

कोरोना भाइरसका कारण युरोपमा मात्र अढाई महिनाभित्र ४२ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ। 

शनिबारसम्म युरोपमा ४२ हजार १ सय ५९ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। 

युरोपमा पहिलो पल्ट फेब्रुअरी १५ मा फ्रान्समा एक जनाको निधन भएको थियो। त्यस यता डढेँलो सल्किए जसरी मानिसको निधन भइरहेको छ। हालसम्म इटालीमा १४ हजार ६ सय ८१ जनाको निधन भइसकेको छ। शनिबार अफ्रिल ४ लाई युरोपको सबैभन्दा क्रुर दिनको रूपमा चित्रण गरिएको छ। युरोपको ३९ वटा राष्ट्रमा शनिबार ५२ सय ९ जनाले ज्यान गुमाए। अप्रिल ३ मा यो संख्या ३३ सय ५५ थियो। 

विश्वव्यापी रूपमा कोरोनाको संक्रमण १२ लाखमाथि पुगिसकेको छ। जसमा मर्नेको संख्या ६४ हजारभन्दा माथि छ। 
 

प्रकाशित मिति: : 2020-04-05 06:34:59

प्रतिकृया दिनुहोस्