कोरोना संक्रमित चढेको बुद्ध र यतीको विमानमा सवार ३६ जनाको खाेजी

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस संकमित सवार बुद्ध एरलायइन्स र यती एयर लाइन्सको विमानका यात्रुहरुको प्रहरीले खोजी गरेको छ। यती र बुद्धगरी ३६ जनाको खोजी हाे।

बाग्लुङमा कोरोना देखा परेकी महिलाले काठमाडौंबाट पोखरा जाँदा प्रयोग गरेको यतीको विमानमा सवार सबैको प्रहरीले खोजी गरेको छ। 

त्यसैगरी काठमाडौंबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका एक जनामा कोरोना देखापरेपछि सो विमानमा रहेका सबैको प्रहरीले खोजी थालेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए। 

उनका अनुसार काठमाडौंबाट नेपालगञ्ज बुद्धको विमानमा गएका ७१ जना यात्रुको खोजी थालेकोमा त्यसमा ५१ जना सम्पर्कमा आएको र बाँकीको खोजी जारी रहेको प्रवक्ता जोशीले बताए। 

त्यसैगरी यतीको बिमानबाट पोखरा गएका ५६ जनामा ४० जना सम्पर्कमा आएको र बाँकीको खोजी जारी रहेको उनले बताए। 

त्यसरी सम्पर्कमा आएकाहरुलाई होम क्यारेन्टाइनदेखि विभिन्न स्थानमा राखि निगरानी गरिएको पनि उनले बताए।

प्रकाशित मिति: : 2020-04-04 20:41:39

प्रतिकृया दिनुहोस्