अन्नपूर्ण पोष्ट
सरकारले आम नागरिकलाई राहत र अर्थतन्त्र पुनस्र्थापनाका लागि केही पहल गरेको छ। यी पहल सराहनीय छन्। यद्यपि परिस्थितिको गाम्भीर्यता र चुनौती हेर्दा यो राहत प्याकेज अपर्याप्त देखिन्छ। अहिलेको परिस्थिति २०७२ को विनाशकारी भूकम्प र लगत्तौको दक्षिणी सीमामा नाकाबन्दीले आपूर्तिमा पारेको अवरोधको अवस्था जस्तो होइन। झनै विषम परिस्थिति हो। आम नागरिक सरकारले घरभित्रै बस्न गरेको आह्वान पालना गरिरहेका छन्। जनस्वास्थ्यका क्षेत्रमा चुनौतीको पहाड हाम्रो सामुन्नेमा छ।
पर्यटन क्षेत्रमा दुई महिना अघिदेखि नै यसको प्रभाव देखिन सुरु भइसकेको थियो। पर्यटन वर्ष लक्षित लगानी बढाइरहेका पर्यटन क्षेत्रका थुप्रै हाँगाबिगा (होटेल, हवाई यातायात, ट्राभल, ट्रेकिङ लगायत) मारमा परेका छन्। विश्वका सबै मुलुकले आफ्नो नाका बन्द गरेका छन्। आवतजावतका लागि नाका र अन्तर्राष्ट्रिय विमानस्थल बन्द छन्। यसलाई दृष्टिगत गर्दै विश्वका धेरै मुलुकले राहत र आर्थिक पुनस्र्थापनाका कार्यक्रम सार्वजनिक गरिसकेका छन्। हामीले पनि विषम परिस्थितिको आकलन गर्दै यसको जगमा राहत र पुनस्र्थापना प्याकेज घोाषणा गर्नुपथ्र्यो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया