भेन्टिलेटरको पुनः वितरण गर्न न्यूयोर्कका गभर्नरको आदेश

अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुओमोले कोरोना भाइरसको संक्रमण कम रहेको क्षेत्रका अस्पतालमा रहेका भेन्टिलेटरहरु बढी प्रभावित क्षेत्रका अस्पताललाई प्रदान गर्न आग्रह गरेका छन्।

गभर्नर कुओमोले सिटीका केही अस्पतालमा रहेका भेन्टिलेटर अरु अत्यावश्यक अस्पताललाई प्रदान गर्न आग्रह गरेका हुन् । 

न्यूयोर्कमा बिहीबार एकै दिन कोरोना भाइरसका कारण ५६२ जनाको मृत्यु भएर राज्यमा ज्यान गुमाउनेको संख्या दुई हजार ९३५ पुगेको थियो । न्यूयोर्क सिटीमा भेन्टिलेटरको अभाव भयावह भएको छ।

कोरोनाबाट न्यूयोर्कका बढी प्रभावित क्षेत्र हो। कोरोना भाइरस महामारीको हालतको इपिसेन्टर पनि मान्ने गरिन्छ। यहाँको अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटरसहितका अत्यावश्यक सामग्रीको अभाव रहेको छ। 

अमेरिकामा अहिलेसम्म दुई लाख ७६ हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । यस्तै अमेरिकाभर मृत्यु हुनेको संख्या सात हजार ३९१ पुगेको छ ।

प्रकाशित मिति: : 2020-04-04 07:00:12

प्रतिकृया दिनुहोस्