पिट्सबर्ग विश्वविद्यालय काेराेना भाइरसको खोप परीक्षणमा सफल

एजेन्सी

काठमाडाै‌ं

अमेरिकाको पेनसेलभेनिया राज्यको प्रसिद्ध शहर स्थित पिट्सबर्ग विश्वविद्यालयले कोरोना भइरसको खोप परीक्षणमा सफल भएको जनाएको छ। यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुराको पुष्टि गरेका हुन्। 

अनुसन्धानकर्ताहरूले आफ्नो निष्कर्ष ईबायोमेडिसिनमा आफ्नो शोधपत्र सार्वजनिक गरेका छन् जुन एक अग्रणी ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले प्रकाशित गरेको हो । 

शोधपत्र अनुसार पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोलाई निष्प्रभावित पार्ने रिपोर्टमा प्रस्तुत गरेका छन्। मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स-कोभ-२ प्रतिकारकहरू उत्पादन गर्ने देखायो। जसलाई नयाँ कोरोनाभाइरस भनेर चिनिन्छ। 

विश्वविद्यालयका अन्वेषकहरूले भने मुसाको एन्टिबडीले भाइरसलाई निष्प्रभावित गर्न पर्याप्त छ भनि प्रतिकृया देखाएको जनाएका छन् । 

पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरहरुमा गरेको परीक्षणमा प्रारम्भिक सफलतालाई मानिसमा पनि परीक्षण गर्न सकिने बताएका छन्।

ग्रन्थकर्ताहरूले भने ,‘अब उनीहरू अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)बाट अनुसन्धानका लागि नयाँ औषधि स्वीकृति खोज्ने प्रक्रियामा छन् र अर्को केही महिनामा मानव क्लिनिकलमा परीक्षण सुरु हुने आशामा छौं।’

उक्त शोध पत्रका सह-वरिष्ठ लेखक डा एन्ड्रिया गाम्बोटोले भने विश्वविद्यालयका अन्वेषकहरू यति चाँडो कदम चाल्न सफल भएका छन् । किनकि उनीहरू पहिलेदेखि नै त्यस्तै भाइरसको खोपमा कार्यरत थिए।

‘हामीसग २००३ मा सार्स-कोभ र २०१४ मा मर्स-कोभको बिगतका अनुभव संगालेका थियौं,’ गाम्बोटोले भने। ‘यी दुई भाइरसहरू, जुन सार्स-कोभसँग नजिकको सम्बन्ध छ, हामीलाई जानकारी दिन्छ कि स्पाइक प्रोटीन भनिने एक खास प्रोटीन भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता जगाउन महत्त्वपूर्ण छ। हामीलाई यो नयाँ भाइरससंग कहाँ लड्ने भनेर ठ्याक्कै थाहा थियो।’

यो प्रयोगात्मक भ्याक्सिनहरूभन्दा फरक छ, जुन आरएनए विकासमा केन्द्रित छ, जसले हालसालै क्लिनिकल परीक्षणहरूमा प्रवेश गरेको छ। ‘यो खोप द्रुत रूपमा विकास गर्ने हाम्रो क्षमताको अनुसन्धानका विभिन्न क्षेत्रहरूमा विशेषज्ञको साथ एउटा साझा लक्ष्यसँग मिलेर काम गर्ने वैज्ञानिकहरूको परिणाम हो,’ सहवरिष्ठ लेखक डा लुइस फालो, पिट्सबर्ग विश्वविद्यालयका प्राध्यापक र छाला विज्ञानका अध्यक्षले भने।

प्रकाशित मिति: : 2020-04-03 10:54:46

प्रतिकृया दिनुहोस्