कोरोना नियन्त्रणका लागि ‘लकडाउन’ भएपछि रूवाण्डामा खाद्यान्नको चरम अभाव

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरस संक्रमणका लागि सरकारले देशव्यापी बन्द ‘लकडाउन’ को घोषणा गरेसँगै गरिब रूवान्डावासीको दैनिकी निकै कष्टकर बनेको र लकडाउनको समय लम्बिएका कारण यो पीडा थप गहिरो बनेको त्यहाँका यहाँका अधिकारीले बताएका छन्।  

सरकारले घोषणा गरेको लकडाउनसँगै प्रहरीले अत्यावश्यक काममा बाहेक सडकमा आवागमनमा रोक लगाएको छ।

व्यापारीहरूले सानो भूपरिवेष्ठित मुलुक रूवाण्डामा खाद्यान्न अभावको चेतावनी दिएका छन्।  उनीहरूका अनुसार यहाँका नागरिकले दैनिक न्यूनतम खाद्यान्नको जोहो गर्नसमेत कठिनाई भएको छ। बन्दले स्थानीय अर्थव्यवस्थामा नराम्रो असर पारेको छ जसमा कम आय भएको रुवाण्डा निर्भर छ।

‘परिवारलाई खुवाउनको लागि मलाई भोक लाग्नुपर्‍यो,’अभावकाबीच परिवारको खाद्यान्न व्यवस्थापनबारे किगालीका चारबालबालिकाकी विधवा आमा रेगेन मुरेंगेरेन्टवारीले बताइन्। उनले भनिन्, ‘सरकारको लकडाउनको घोषणा मार्च २१ बाट लागु भएपछि स्थानीयको आम्दानी गर्ने अवसरहरू बन्द भएका छन्। कसरी दुई छाक टार्ने ? समस्या भैसकेको छ।’ 

कोरोना संक्रमणको समस्या देखिएसँगै रूवाण्डाले अफ्रिकामा सबैभन्दा पहिले अतिआवश्यकीय सेवाबाहेकका क्षेत्रमा पूर्णरूपमा सटडाउनको नीति अख्तियार गरेको थियो।  

कोरोना संक्रमण फैलिन रोक्ने प्रयासमा अफ्रिकी यो मुलुकले अतिआवश्यक काममा बाहेक दुई हप्ताका लागि घर बाहिर निस्कन प्रतिबन्ध लगाएकोमा संक्रमण रोक्ने प्रयासलाई निरन्तरता दिँदै अर्को दुई हप्ता लम्ब्याएको छ। यसका कारण गरिबीमा रहेका अधिकांश नागरिक भोकमरीको सङ्घारतर्फ धकेलिएका छन्। कोरोना संक्रमित हुने क्रम रोकिएमा रूवाण्डामा यही अप्रिल १५ पछि लकडाउनको अवधि पुरा हुनेछ।

बिहीबारसम्म रूवाण्डामा संक्रमितको सङ्ख्या ८२ पुगेको छ भने छ जना उपचारपछि घर फर्किएका छन्। उनकाे कोभिड–१९ को संक्रमणबाट मृत्यु भने भएको छैन।

प्रकाशित मिति: : 2020-04-03 07:10:00

प्रतिकृया दिनुहोस्