भारतको बेंग्लोरमा नेपाली दम्पतीमा कोरोना संक्रमण

बिएल संवाददाता

बेंगलोर, बिएल हिन्दी ब्यूराे

भारतको कर्नाटक राज्य बेंग्लोरमा नेपाली दम्पतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। नेपालको सुदूरपश्चिम स्थायी घर भएका ४५ वर्षीय पुरुष र ३५ वर्षीया महिला बेङ्गलोरको केसी जनरल अस्पतालमा उपचाररत रहेका छन्।

महिलालाई केही दिन अघि नै कोरोना पुष्टि भएपछि प्रशासनले उनका श्रीमान र छोराछोरीलाई अस्पतालको आइसोलेशनमा राखेको थियो। त्यसपछि उनीहरूको सबैको स्वास्थ्य परीक्षण गरिएको र दुई दिनपछि आएको रिपोर्टमा उनका श्रीमानमा कोरोनाको संक्रमण पुष्टि भएको हो। तर उनका छोराछोरीको भने रिपोर्ट नेगेटिभ आएको छ।

बेंग्लोरमा घरेलु कामदारका रूपमा कार्यरत महिलालाई सो घरकी एक सदस्यबाट कोरोना सरेको थियो। नेपाली महिला कार्यरत घर धनी मार्चमा लण्डलबाट बेंग्लोर आएका थिए। अहिले उनीहरुको स्वास्थमा सुधार भइराखेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2020-04-02 21:49:15

प्रतिकृया दिनुहोस्