नेपालमा भेटिए कोरोनाको छैटौं सङ्क्रमित, उपचार गर्न बाग्लुङबाट पाेखरा लाने तयारी

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा छैटौं कोरोना भाइरसको सङ्क्रमित भेटिएका छन्। गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले भने, 'छैठौं सङ्क्रमित युवती बागलुङको क्वारेन्टाइनमा छिन्, अब पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याएर उपचार गर्ने तयारी छ ।'

उनी गत चैत ४ गते कतार एयरवेजको जहाजबाट आएका हुन्। उक्त  चैत ४ गतेकाे कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका तीन जनामा स‍ङ्क्रमण पुष्टि भइसकेकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले  बिहीबार प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेका हुन्।

योसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या ६ पुगेको छ।  पहिलो सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एक जना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एकजना छन्।

 

प्रकाशित मिति: : 2020-04-02 16:32:03

प्रतिकृया दिनुहोस्