अमेरिकामा कोरोनाबाट ६ हप्ताको शिशुको मृत्यु

बिएल संवाददाता

न्युयाेर्क

संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको छ। 

गभर्नर नेड ल्यामोन्टले कोरोना भाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको मृत्यु भएको जानकारी दिए। 

बुधबार ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भने, ‘यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न र अरुसँग बाक्लो भेटघाट नगर्न आग्रह गरेका हौं। तपाइँको आफ्नै र अरु धेरैको जीवन वास्तवमै यसमा निर्भर छ।’

स्वास्थ्य परीक्षण गर्दा यी बच्चामा कोरोनाको संक्रमण देखिएको पनि गभर्नरले बताए। कोरोनाका कारण यति कम उमेरका बच्चाको मृत्यु भएको संभवत विश्वमै पहिलो घटना हो, गभर्नर ल्यामोन्टले भने।

कनेक्टीकट राज्यको हार्टफोर्ड क्षेत्रका यी नवजात शिशुलाई गत साता अस्पताल ल्याइएको थियो। तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन्। 

हार्टफोर्डका मेयर ल्युक ब्रोनिनले पनि नवजात शिशुको मृत्यु भएको पुष्टी गरेका छन्। 

यसअघि अमेरिकाको सिकागोमा १० महिने नवजात शिशुको ज्यान गएको थियाे। इलोनिस डिपार्टमेन्ट अफ पब्लिक हेल्थका निर्देशक न्गोज एजिकेले यसकाे पुष्टि गरेका थिए। एजिकेले शिशुको मृत्युको विषयमा पूर्णरुपमा अनुसन्धान भइरहेको बताएका छन्।

यसतै चीनको वुहानमा पनि १० महिनाको शिशुको कोरोना भाइरसको कारण ज्यान गएको थियो। उक्त शिशुलाई अस्पतालमा भर्ना गरिएको ४ सातापछि ज्यान गएको थियो।

कनेक्टीकट राज्यमा बुधबारसम्ममा तीन हजार ५०० भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ८५ जनाको मृत्यु भएको छ। 

याे पनि

अमेरिकामा कोरोनाको कारण पहिलाे नवजात शिशुको ज्यान गयाे

प्रकाशित मिति: : 2020-04-02 13:22:31

प्रतिकृया दिनुहोस्