भारत सरकारले घोषणा गरेको आइ पी सी १४४ अन्तर्गत भारतभरी कर्फ्यू तथा लकडाउनले भारतमा रहे नेपाली मजदुरी वर्गहरु मारमा परेका छन्।
राजधानी दिल्ली लगायत सम्पूर्ण भारत भरि होटेल, कारखाना, शपिङग मल र मार्केट पूर्णरुपमा बन्द भएका छन । थप कोरोनाको त्रासले भारतमा दिन प्रतिदिन नेपाली पीडितहरुका समस्या थपिदै छन् ।
यस कठिन समयमा भारतमा सक्रिय संघ संस्था, समाज सेवीसहित व्यावसायिक समूहपनि सहयोग अभियानमा सक्रिय भएको छन्। भारतदेखि नेपाल प्रभु र आइएमइद्वारा रकम पठाउने व्यावसाय संस्था भनेर चिनिएको मुथुट ग्रुप इन्डो नेपाल रेमिटेन्स इंडिया प्रमुख द्वारा दिल्लीको मुनिरका गाउँमा २६ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् । प्राथमिकस्थरमा यस ग्रुपले प्रत्योक परिवारलाई ५ केजी चवाल, ५ केजी आटा, २ केजी दाल र १ लिटर तेल वितरण गरेको हो । यस नाजुक स्थितिमा नेपलि समाजलाइ निरन्तररुपमा सहयोग गर्ने मुथुट ग्रुप इन्डो नेपाल रेमिटेन्स कन्ट्री प्रमुख अनिल कार्कीले बीएल मिडियालाई जानकारी दिएका छन् ।
यो फाइनान्स भारतमा सुन धितो राखेर कर्जा दिनका साथै भारतदेखि नेपाल रकम पठाउने व्यावसायिक समूहको नामले निकै चर्चित छ। समय – समयमा भारतमा हुने नेपाली सांस्कृतिक कार्यक्रमसहित विभिन्न जनचेतना मुलक कार्यक्रमलाइ आर्थिक सहयोग गर्दै आइरहेको छ।