अन्नपूर्ण पोष्ट
मार्च १८ ले चीनलाई लगभग दुई महिनापछि धेरै हदसम्म खुसी तुल्यायो र सारा विश्वलाई आशातीत बनाएको छ। हाल विश्व कोरोना भाइरसको चपेटामा परेको छ। तापनि सो दिनले यसै भाइरसको उद्गमस्थल मानिएको चीनको मध्यभागमा रहेको हुपै प्रान्तको सदरमुकाम वुहानमा पहिलो भाइरस संक्रमित देखिएदेखि र फैलिँदै उग्ररूप लिएपछिको झन्डै ८० दिनपछि अथाह पीडाबीचमा एउटा सुखद खबर दिएको थियो। सबै कुरा टक्क अडेर खाली सन्त्रासको हालिमुहाली भइरहेको अवस्थामा समस्त चीनवासीको प्रयास, सारा विश्वको प्रार्थना र उहान तथा हुपैवासीको तपस्याको फल प्राप्त भएको दिन थियो, त्यो। हो, त्यस दिन चीन र चिनियाँ जनताको अथक प्रयास सार्थक भएको थियो।
५० हजार वुहानवासीलाई कोरोना भाइरस संक्रमित बनाएको र २४ सयभन्दा बढीको ज्यानसमेत गएको उक्त सहरमा मार्च १८ को दिन पहिलोपल्ट एकजना पनि नयाँ भाइरस संक्रमित थपिएन। अर्थात् एकै दिनमा सयौंको मृत्यु र हजारको संख्यामा संक्रमित थप्दै गएको सहरमा पहिलोपल्ट शून्यमा झरेको थियो। सो दिन चीनले अदृश्य शत्रुमाथि विजय हासिल गरेको थियो र मानवजातिकै लागि खुसीको दिन थियो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया