अन्नपूर्ण पोष्ट
मार्च १८ ले चीनलाई लगभग दुई महिनापछि धेरै हदसम्म खुसी तुल्यायो र सारा विश्वलाई आशातीत बनाएको छ। हाल विश्व कोरोना भाइरसको चपेटामा परेको छ। तापनि सो दिनले यसै भाइरसको उद्गमस्थल मानिएको चीनको मध्यभागमा रहेको हुपै प्रान्तको सदरमुकाम वुहानमा पहिलो भाइरस संक्रमित देखिएदेखि र फैलिँदै उग्ररूप लिएपछिको झन्डै ८० दिनपछि अथाह पीडाबीचमा एउटा सुखद खबर दिएको थियो। सबै कुरा टक्क अडेर खाली सन्त्रासको हालिमुहाली भइरहेको अवस्थामा समस्त चीनवासीको प्रयास, सारा विश्वको प्रार्थना र उहान तथा हुपैवासीको तपस्याको फल प्राप्त भएको दिन थियो, त्यो। हो, त्यस दिन चीन र चिनियाँ जनताको अथक प्रयास सार्थक भएको थियो।
५० हजार वुहानवासीलाई कोरोना भाइरस संक्रमित बनाएको र २४ सयभन्दा बढीको ज्यानसमेत गएको उक्त सहरमा मार्च १८ को दिन पहिलोपल्ट एकजना पनि नयाँ भाइरस संक्रमित थपिएन। अर्थात् एकै दिनमा सयौंको मृत्यु र हजारको संख्यामा संक्रमित थप्दै गएको सहरमा पहिलोपल्ट शून्यमा झरेको थियो। सो दिन चीनले अदृश्य शत्रुमाथि विजय हासिल गरेको थियो र मानवजातिकै लागि खुसीको दिन थियो।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया