कोरोना भाइरसका कारण भारतका बिभिन्न शहरहरु बन्दाबन्दी (लकडाउन)मा परेका छन्। यस्तो अवस्थामा मानिसहरुलाई हिड्डुल गर्नसमेत प्रतिबन्ध गरिएको छ।
भारतको दिल्ली, मुम्बई, हैदारावाद, गोवा, पुणेलगायतका शहरहरुमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ। यी शहरहरुका कम्पनी, होटल, रेस्टुरेन्टलगायत नेपालीहरुले काम गर्ने ठाउँहरु कोरोनाका डरले बन्द भएका छन्।
काम गर्ने ठाउँहरु बन्द भएपछि सबैभन्दा बढि मारमा नेपाली कामदारहरु परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। हैदारावादमा काम गर्ने एक नेपाली परिवार अलपत्र परेपछि हिक्सओपस मोडुलर वल्र्ड प्रालिले उद्धार तथा सहयोग गरेको छ। हुम्लाको सिमिकोट गाउँपालिका घर भएका प्रदिप बोहोराको परिवारलाई प्रालिले खाना तथा बस्नको लागि व्यवस्था मिलाएको प्रालिका निर्देशक दिनेशप्रसाद आचार्यले जानकारी दिए।
उद्धारपछि बोहोरा परिवारले प्रालि र सहयोगीदाताहरुमा खुशी व्यक्त गरेका छन्। हिक्सओपस मोडुलर वल्र्ड प्रालिका निर्देशक प्रेम सिजापति, दिनेशप्रसाद आचार्य र रिर्सच स्कलर दिलिप आचार्यको सहयोगप्रति आफ्नो परिवार आभारी भएको उनले बताएका छन्। प्रालिले भारत तथा नेपालमा बिभिन्न स्थान र व्यक्तिहरुलाई सहयोग समेत गरेको छ।