वीरगञ्ज महानगरपालिकामा खाद्यान्न वितरण

सत्यम सी फुड सप्लायर्सले वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ र ११ मा ६५ का विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । लगातारको लक डाउनका कारण दैनिक जिविकोपार्जनका लागि असहज भएका परिवारलाई घरमै पुगेरउपभोग्य वस्तु उपलब्ध गराएको हो ।

सप्लायर्सले हरेक परिवारलाई ५ किलो चामल, ३ किलो आलु, १ किलो नुन, १ प्याकेट तेल उपलब्ध गराएको सप्लायर्सका बजार प्रवन्धक नितेश सुवेदीले बताए।

सप्लायर्सले अन्य विपन्न र दैनिक जिविकोपार्जन गरि गुजारा चलाउने परिवारको तथ्यांक संकलन गरेर चाडै वितरण गर्ने तयारी भइरहेको सप्लायर्सका प्रोप्राइटर सरोज बस्नेतले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-04-01 17:43:55

प्रतिकृया दिनुहोस्