चीनमा थप ३६ मा कोरोना संक्रमण देखियो

बिएल संवाददाता

काठमाडाै‌ं

चीनमा मंगलबार थप ३६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन्।   

मंगलबार कोरोना भाइरस संक्रमण देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ। एक जनामात्र चीनको गुआङ्डोङ प्रान्तको भएको बताइएको छ।

यसैगरी मंगलबार कोरोना भाइरस संक्रमणको कारण सात जनाको मृत्यु भएको जनाइएको छ। मृत्यु भएका सात व्यक्तिमा ६ जना हुबेइ प्रान्तको एक जना शाघाईका रहेका छन्।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गएको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोभिड–१९ बाट विश्वभर आज बुधबारसम्म ४२ हजार ३४४ को मृत्यु भइसकेको छ  । आज प्राप्त पछिल्लो विवरणअनुसार संंसारभर आठ लाख ६० हजार १७८ जना कोरोना भाइरसबाट संक्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ। 

यस प्रकोपबाट चीनमा ८१ हजार ५५४ कुल संक्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ। यसैबीच ७६ हजार २३८ निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-04-01 16:25:57

प्रतिकृया दिनुहोस्