अमेरिकी पत्रकार मेकाएदेरको कोरोना संक्रमणका कारण निधन

अमेरिकी पत्रकार मारिया मेर्कादेरको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ। अमेरिकी टेलिभिजन नेटवर्क सिबिएस न्यूजकी वरिष्ठ पत्रकार मेर्कादेरको आइतबार निधन भएको हो।

५४ वर्षकी उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। सन् १९८७ देखि सिबिएस न्यूजमा कार्यरत थिइन्। ३० वर्ष भन्दा बढी समयदेखि सिबिएसमा कार्यरत उनलाई  ट्यालेन्ट डिरेक्कटर तथा  ब्रेकिङ्ग न्यू रिपोर्टर रु चिनिन्थ्याे। उनले बेलायती राजकुमारी डायनाको निधन तथा अमेरिकामा भएको ९–११ आक्रमणबारे रिपोर्टिङ्ग गरेकी थिइन्।

उनले समाचार कक्षमा कार्यरत पत्रकारहरु सबै क्षेत्रबाट समेटिउन् भन्नका लागि एसियन अमेरिकन पत्रकार एसोसिएसन, नेशनल लेस्बियन एण्ड गे जर्नलिस्ट एसोसिएसन र नेशनल एसोसिएसन अफ ब्ल्याक जर्नलिस्टसँग मिलेर काम गर्दै आएकी थिइन्।

पछिल्लो दुई दशकदेखि उनले विभिन्न स्वास्थ्य समस्या झेलिरहेकी थिइन्। उनलाई क्यान्सर समेत भएको थियो। 

प्रकाशित मिति: : 2020-03-31 09:29:18

प्रतिकृया दिनुहोस्