मार्क जुकरबर्गले पत्रकारहरुका लागि छुट्याए १०० मिलियन डलर

फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकारहरुको लागि १०० मिलियन डलर छुट्‍याएको बताएका छन्। उनले फेसबुकमा पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।

उनले पारिस्थितिक प्रणालीलाई सहयोग गर्ने र अन्‍यपरिस्थितिमा पनि समयमै सूचनाको पहुँच दिने सबैलाई सहयोग गर्न लागिएको बताए।  

जुकरबर्गले पोस्ट गर्दै भनेका छन्, ‘ इकोसिस्टमलाई समर्थन गर्ने र प्रत्येकलाई सही र समयमै जानकारीको पहुँच सुनिश्चित गर्ने हाम्रो प्रयासको अंशको रूपमा हामी पत्रकारलाई सहयोग पुर्‍याउन नयाँ कोषमा १०० करोड डलर लगानी गरिरहेका छौं, विशेष गरी स्थानीय समाचारमा केन्द्रित यो रकम जम्मा गरेका छौ।’

यस्तै उनले स्थानीय नियकायमा समाचारको पहुँच पुर्‍याउने, समुदायको लागि काम गर्ने पत्रकारहरु कठिन मोडमा पनि काम गर्ने भन्दै पत्रकारका संगठन र समाचार संस्थाहको प्रशंसा समेत गरेका छन्।

‘स्थानीय समाचारले धेरै प्रभावकारी भूमिका खेलेका छन्,’ जुकरबर्गले भने,‘ मैले आपत्तकालिन कोषको लागि २५ मिलियन फेसबुक पत्रकारिता प्रोजेक्ट र ७५ मिलियन मार्केटिङका लागि खर्च गर्ने गरी सहयोग गर्नेछु।’

यसका साथै उनले नयाँ आपत्तकालिन कार्यक्रमका लागि थप ३०० मिलियन सहयोग गर्ने वाचा गरेका छन्। उनले यसका लागि अर्को वर्षसम्मका लागि यसलाई कार्यान्वयनमा ल्याउने समेत बताए।

रातदिन नभनी कठिन अवस्थामा पनि काम गरिरहने पत्रकारहरुप्रति आफ्नो सधै साथ र सहयोग रहने उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-03-30 18:45:17

प्रतिकृया दिनुहोस्